काठमाडौँ- नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोश्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित ग¥यो ।
अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । लगातार दोश्रो पराजयसंगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् । यसअघि प्रहरीले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए ।

पहिलो खेलमा प्रहरीकी उषा भण्डारी र दोश्रोमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार २ खेल हुनेछ । पहिलो खेल न्यु डायमन्ड र प्रहरीबीच हुनेछ । यो खेल नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोश्रो खेलमा एपीएफले आर्मी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सहभागी ४ टिम मध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । प्रहरी साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेत हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

बाराही होटल र सारङकोट माउन्टेन लजले उत्कृष्ट खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गर्ने छ । एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका, सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन, राष्ट्रिय वाणिज्य बैंक र आईएमएस ग्रुपको पनि सहयोग रहेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile