काठमाडौँ । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जित्न सफल भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

फाइनलमा न्यु डायमण्डले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डले सहज जित दर्ता गर्‍यो।

न्यु डायमण्डले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile