काठमाडौँ । नेपाल भलिबल संघको आयोजनामा राजधानीमा जारी नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदैछन्।

महिलातर्फ दिनको पहिलो सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल एपीएफ क्लबबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ को विजेता न्यु डायमन्ड र समूह ‘बी’ को उपविजेता एपीएफ सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।

महिलातर्फकै दोस्रो सेमिफाइनल दिउँसो १२ बजे विभागीय डर्बीका रूपमा हुनेछ, जहाँ साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। पुलिस समूह ‘बी’ को विजेता बनेको थियो भने आर्मी समूह ‘ए’ को उपविजेता हो।

पुरुषतर्फ पहिलो सेमिफाइनल दिउँसो २ बजे हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। पुलिसले कोशी प्रदेशलाई र हेल्प नेपालले बूढानीलकण्ठलाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

अन्तिम सेमिफाइनलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम आमनेसामने हुनेछन्। रुकुमले एपीएफलाई तथा आर्मीले खिल्जी क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile