काठमाडौँ- पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले देशको वर्तमान परिस्थितिका कारण प्रतियोगिता निरन्तरता दिन नसकिने भन्दै अर्को सूचना नआएसम्मका लागि लिग रोकिएको जनाएको छ।

स्थगित भएपछि खेलाडी, मिडिया टिम र अन्य अफिसियलहरूलाई काठमाडौं फर्काउने तयारी भइरहेको छ। भदौ २० गते सुरु भएको प्रतियोगितामा चार दिनमै लिग चरणका ९ खेल सम्पन्न भएका थिए। अब बाँकी ६ खेल र फाइनल खेल खेलिन बाँकी थियो।

तर, मंगलबार दुई खेल स्थगित भएपछि प्रदर्शन उग्र बन्दै गएपछि आयोजकले सम्पूर्ण प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। जेन–जीको प्रदर्शनपछिका घटनाक्रमले पोखरामा माहोल तनावपूर्ण बनेको थियो। यही क्रममा विदेशी खेलाडी बसेको होटलमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए।

महिला फ्रेन्चाइज भलिबल लिग पोखराका लागि ठूलो अवसर बनेको भए पनि, उत्पन्न परिस्थितिका कारण यो संस्करण सफलतापूर्वक सम्पन्न हुन सकेन। खेल्न र घुम्न नेपाल आएका विदेशी खेलाडीहरू अविस्मरणीय तर दुर्भाग्यपूर्ण अनुभवसहित स्वदेश फर्कन बाध्य भएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile