काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया किएडललाई अनुबन्ध गरेको छ ।

काठमाडौं स्पाइकर्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा मिडल ब्लकर÷अपोजिट ओउमायालाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
काठमाडौं स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।

तीन फरक पोजिसनका खेलाडीलाई अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ । पहिलो सिजनमा काठमाडौंबाट टर्कीए र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए ।
एक दशक भन्दा लामो समयको अनुभव रहेको ओउमायमा कोडिएलले विशेषगरी मिडल ब्लकरको रुपमा खेल्दै आएकी छिन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् । स्लाइड अट्याकमा उनको विशेष दख्खल रहेको छ ।

मोरोक्कोमा जन्मिएकी कोडिएलसँग इटलीको  इटली सरेपछि उनले इटलीबाटै खेल्न थालेकी हुन् । उनले इटली, फ्रान्स, मोरक्को, साउदी अरेबिया लगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिताहरु खेलिसकेकी छिन् । टिम र व्यक्तिगत रुपमा पनि उनले धेरै उपलब्धीहरु हासिल गरेकी छन् ।

उनले पछिल्लो समयमा साउदी अरेबियाको अल इतिहाड एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्कारा जस्ता टिमबाट व्यावसयिक भलिबल खेलेकी छन् ।
कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कांस्य पदक जितेकी थिइन् । यस्तै सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *