काठमाडौँ। नेपालकाे राष्ट्रिय लिग च्याम्पियन टिपटप हेल्प नेपालले काभा क्लब भलिबल च्याम्पियन्स लिगमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
माल्दिभ्सको मालेमा बुधबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकन पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै कास्य पदक जितेको हो।
हेल्प नेपालले खेलको पहिलो सेट २५-२२ र दोस्रो सेट २५-१८ ले जितेको थियो। तेस्रो सेटमा २२-२५ ले पराजित भए पनि चौथो सेट २५-२१ मा आफ्नो पक्षमा पार्दै निर्णायक जित निकालेको हो।
यसअघि सेमिफाइनलमा हार बेहोरेको हेल्प नेपालले मालेमा तेस्रो स्थानको खेलमा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिताको सफल समापन गरेको हो।

