काठमाडौँ- जुम्लामै पहिलोपटक दुई लाख रुपैयाँ पुरस्कार राशिको कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
हिमा गाउँपालिका-२ ओदीगाउँमा लामा विष्णु युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता मंगलबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा २६ वटा टिम सहभागी छन् । कालिकोट र सुर्खेतको लेकबेंसी नगरपालिकादेखि भलिबल खेलाडीहरु प्रतियोगितामा आएको स्थानीय रंगबहादुर रोकायाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण त्र प्रदान गरिनेछ । द्वितीय हुने टिमलाई एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।