काठमाडौं- एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लगातार दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा ललितपुरले मधेश युनाइटेविरुद्ध ३–१ को सेटमा पाजित गरेको हो।
पहिलो सेटमा २५–१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा २६–२४ ले विजयी भयो। तेस्रो सेट भने ललितपुरले २४–२६ ले गुमायो।
त्यसपछि चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पर्दै ललितपुरले विजयी यात्रा जारी राख्यो।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित मधेश अंकविहिन छ।