काठमाडौँ- कर्णाली एसभिसले गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकालेको छ ।
एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)मा दोस्रो सफलता प्राप्त गर्ने क्रममा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा जारी लिगमा गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुपर्यो ।
काठमाडौं । कर्णाली एसभिसले गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकालेको छ । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)मा दोस्रो सफलता प्राप्त गर्ने क्रममा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा जारी लिगमा गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुपर्यो ।
सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो सेट २५–१५ ले जितेको थियो । तर, कर्णाली लयमा फर्कियो । कर्णालीले दोस्रो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी गर्यो ।
ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि कर्णालीले तेस्रो सेट पनि जित्यो । तेस्रो सेट कर्णालीले २५–१७ ले जितेको थियो ।
तर, चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगार्यो । त्यसको फाइदा लिँदै गण्डकीले चौथो सेट २५–१९ ले आफ्नो बनायो । यससँगै सेटमा २–२ को बराबरी भएपछि खेल लागि पाँचौँ तथा निर्णायक सेटमा धकेलियो । यो सेटमा कर्णाली एसभिसले सुरुआतदेखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो ।
तर, गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन । यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो ।
जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो । दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ । यसअघि, पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन् ।
प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्ट र १२ स्वदेशीसहित कुल १७ खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्रस्तुत गरिरहेका छन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शीर्ष दुई टोलीले उपाधि भिडन्त गर्ने छन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुने छ ।