काठमाडौँ- भारतिय शिल्पा सिन्धुले गण्डकीबाट खेल्ने भएकि छिन्।

भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पाले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभीएल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने पक्का भएको हो ।

नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा उनी महत्वपूर्ण सदस्य रहेकि थिइन्।

यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरिसकेको छ । इडब्ल्युभीएल असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *