काठमाडौँ- एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) ले आफ्नो ट्रफी सार्वजनिक गरेको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरेको हो।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।

प्रतियोगितामा गण्डकी थन्डर्स, चितवन शक्ति, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र कर्णाली यश्भिसले सहभागिता जनाउने छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile