काठमाडौं- गण्डकी थण्डर्सले वात्साल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

गण्डकीले आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी अपोजिट हिटर एलिसा ट्रुबियकलाई अनुबन्ध गरेको हो। एलिसा रसिया र क्यानडाको घरेलु लिगमा चर्चित अनुहार हुन्। उनले क्यानडाको योर्क युनिभर्सीटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सीटी एथलेटिक्स प्रतियोगिता खेलेकी छन्।

एलिसाले नेपालमा आएर भलिबल खेल्न पाउने कुरामा आफू उत्साहित भएको बताएकी छिन्। नेपालमा हुन लागेको पहिलो फ्रेन्चाइजी लिका लागि तयार भएको पनि बताइन्। गण्डकी थण्डर्सका टिम मालिक सौरव केडियाले थण्डर्सले रसियाबाट एउटा प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउँदा धेरै खुसि लागेको बताए।

यस्तै टिमका निर्देशक विकास खेतानले टिमले अन्य दुई खेलाडीको पनि अनुबन्धको तयारी गरेको र छिटै सार्वजनिक गर्ने बताए । नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य खेलाडी सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले यसअघि आठ जना नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile