काठमाडौँ- माल्दिभ्समा हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा सहभागी जनाउने नेपाल पुलिस क्लबको नेपाल भलिबल संघले बिदाइ गरेको छ।

मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन्।

नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो। च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।

भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए।

पुलिसको भलिबल टोली:
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile