काठमाडौं- नेपाल भलिबल संघले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई सम्मान गरेको छ।

संघले उनिहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबिच काभा भलिबल सहभागी टोलिहरुलाई पुरस्कृत गरेको हो।

संघले माल्दिभ्समा सम्पन्न काभा यु-२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको छ।

यस्तै भुटानमा सम्पन्न काभाबीच भलिबल रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजारले सम्मान गरेको हो।

त्यस्तै सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार रुपैयासहित सम्मान गरेको हो। साथै प्रशिक्षक उपेष विष्टलाई ४० हजारले सम्मान गरेको छ।

नेपालमा भएको काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरेको हो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *