काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलिसंग भेटघाट गरेका छन्।

ओलिले प्रधानमन्त्री निवास बालुवाटारमा ब्रेकफास्टसँगै रक्षाबन्धनको दिन सोमबार बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताएका हुन्।

प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल भएको थियो।

त्यसैक्रममा ओलिले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने लक्ष्य रहेको बताएका छन्। “तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नुपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस् ।’’ प्रधानमन्त्री ओलीले भने, “हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’’

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *