काठमाडौं । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनमा ६ टोलिको सहभागीता हुने भएको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरिएको हो ।

६ टोलिमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले रहेका छन् ।

हरेक टोलीले १४ खेलाडीमा नौ नेपाली र तीन विदेशी राख्न पाउने आयोजकले जनाएको छ ।

टिम काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल प्रवर्धकमा छन् । यस्तै, मधेस रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ ।

गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *