काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल २-३ को सेटमा पराजित भएको हो।

पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो भने दोस्रो सेट भारतले २५–१४ ले जितेको थियो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । पाँचौ सेट नेपाल ५ अंकमै सिमित बन्यो।

कभर्ड हल नेपाली दर्शकले भरिभराउ भएको थियो। १५०० रुपैया टिकट दर राखिएको खेलमा दर्शक निराश भएर फर्किन बाध्य भए।

समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile