काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल २-३ को सेटमा पराजित भएको हो।
पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो भने दोस्रो सेट भारतले २५–१४ ले जितेको थियो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । पाँचौ सेट नेपाल ५ अंकमै सिमित बन्यो।
कभर्ड हल नेपाली दर्शकले भरिभराउ भएको थियो। १५०० रुपैया टिकट दर राखिएको खेलमा दर्शक निराश भएर फर्किन बाध्य भए।
समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गरेको थियो।

