काठमाडौँ- काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकालाई हराउदै भारत फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो ।

फाइनलमा भारतले घरेलु टोलि नेपालसंग खेल्नेछ। फाइनल खेल भोलि बुधबार साँझ ५ बजे हुनेछ।

इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *