काठमाडौ- मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।
नेपालले आयोजक माल्दिभ्सको बी जोडीलाई पराजित गर्दै फाइनल पुगेको हो।
नेपालले थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा २१-१० र २१-१६ को नतिजा निकालेको हो।
यसअघि नेपालको महिला टोलिले पनि प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको छ।

