काठमाडौ- काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई पराजित गरेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेशनल स्टेडियममा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई २१–१७, २१–१५ को सेटमा पराजित गरेको हो।
नोपालबाट कमला पुन र मनिषा चौधरीको जोडीले प्रतिस्पर्धा गरिरहेको छ।
यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ।

