काठमाडौं । बाग्मती प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फबाट सेमिफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् कभर्डहलमा आज बाग्मती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३-० को फराकिलो जित निकालेको छ।
बाग्मती प्रदेशले खेल ३०-२८,२५-२३,२५-१७ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै समूह ‘ए’ बागमतीले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि नै यो समूहबाट सुदूरपश्चिमले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
पहिलो खेलमा बागमतीले मधेश प्रदेशलाई ३ १ को सेटमा हराउँद कर्णाली सुदूरपश्चिमसँग ३(१ कै सेटमा पराजित भएको थियो ।
यसैगरी महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट बागमती र गण्डकी तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशीले सेमिफाइनल यात्रा तय गरे ।









