काठमाडौँ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत खेलकुद विज्ञान विभागमा स्नातकोत्तर तह (छैठौं ब्याच) मा अध्ययनरत तथा राष्ट्रिय स्तरकी टेबल टेनिस खेलाडी सिखा सुवाल श्रेष्ठलाई जर्मनीमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद प्रतियोगिता “विश्व विश्वविद्यालय खेलकुद प्रतियोगिता २०८२” मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी छन्।

प्रतियोगितामा सहभागी हुनुअघि खेलकुद विज्ञान विभागले सिखालाई एक विशेष बिदाई कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा विभाग प्रमुख प्रा. पशुपति अधिकारी, वरिष्ठ प्राध्यापक डा. रामकृष्ण महर्जन, प्राध्यापक विद्यान आचार्य, प्राध्यापक राजेन्द्र खत्री, प्रमुख प्रशासनिक अधिकृत कपिल सुव्बा र छैठौं ब्याचका सम्पूर्ण विद्यार्थी–खेलाडीहरूको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. पशुपति अधिकारीले खेल पोशाक हस्तान्तरण गर्दै शुभकामना व्यक्त गर्दै भन्नुभयो, “उत्कृष्ट प्रदर्शनसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने र पदक जितेर फर्कने पूर्ण विश्वास लिएको छु।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile