काठमाडौँ- नव प्रवेशी टोली यल टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को तेश्रो दिन बुधबारको राउन्ड रोविन लिग सम्पन्न हुँदा शीर्ष स्थानमा उक्लिएको छ ।

यलले सर्वाधिक ४६ अंक जोडेको छ । यल अघिल्लो दिन मंगलबार २७ अंकसाथ तेश्रो स्थानमा थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ४४ अंकसाथ दोश्रो तथा नेपाल प्रहरी क्लब ४० अंकसाथ तेश्रो स्थानमा छन् । २८ अंकमा नेपाल एपीएफ क्लब चौथो, २६ अंकमा रेड टाइल्स पाँचौं, २५ अंकमा होप्स टेबलटेनिस एकेडेमी छैटौं र १२ अंकमा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब सातौं स्थानमा छन् ।

७ टिम सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *