काठमाडौं । वल्र्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लुजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । यू–१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ ।
ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा गल्र्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।
गल्र्सको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ । प्रशिक्षकसहित टोली शुक्रबार जाने छ । ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ । टोली मार्च ६ तारिख जाने कार्यक्रम छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

