काठमाडौं । दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फ गण्डकी प्रदेश १२ अंकसहित पहिलो स्थानमा रहँदै च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेश ९ अंकसहित दोस्रो तथा मधेश प्रदेश ६ अंकसहित तेस्रो स्थानमा रह्यो ।

दुवै समूहमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

पुरुषतर्फ व्यक्तिगत विधामा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी घोषित भए । गण्डकीका संगम घर्ती मगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमकै विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी तथा कोशीका सुदीप चौधरी सर्वाधिक गोलकर्ता बने ।

महिलातर्फ गण्डकीकी अंकिता अधिकारी उत्कृष्ट खेलाडी चुनिइन् । गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी घोषित भए । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बनिन् ।

विजेताहरुलाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान पाँच–पाँच प्रदेशका टोलीको सहभागिता रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile