काठमाडौँ- वेदाङ्ग इन्टरनेशनल स्कुलको अभिभावक दिवस २०८२ को अवसरमा विद्यालयका अध्यक्ष धुर्व लुइटेल र विद्यालयका प्रिन्सिपल भावेश सापकोटाले अन्भी शाहीलाई सम्मान तथा अभिनन्दन गर्नुभएको छ ।

अन्भी शाहीले इन्डो–नेपाल कराते च्याम्पियनसिप र कराते च्याम्पियनसिप २०८२ मा डबल गोल्ड मेडल जितेर विद्यालयको नाम उच्च राख्न सफल भएकोमा सम्मान गरिएको हो ।

विद्यालय परिवारले अन्भी शाहीको उज्ज्वल सफलतामा गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न हार्दिक शुभकामना व्यक्त गरेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile