काठमाडौँ- काष्ठमण्डप विद्यालयको आयोजनामा काष्ठमण्डप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीएस इन्चार्ज सुन्दर बुढाथोकीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा काष्ठमण्डप ‘ए’, चेल्सी, सेलिब्रेसन को–एड र मल्पी तथा समूह ‘बी’ मा काष्ठमण्डप ‘बी’ सेन्ट जेभियर्स, एआईटीएम र ह्वाइटफिल्ड रहेका छन् । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै हातामा खेलाइने छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile