काठमाडौँ — दशरथ रंगशालामा भइरहेको दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार महिलातर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ भने पुरुषतर्फ कोशी प्रदेशले फराकिलो जित हात पार्‍यो ।

महिलामा गण्डकीले कोशी प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो । गण्डकीबाट अंकिता अधिकारीले १४ र ६० औं मिनेटमा दुई गोल गरिन् । बुद्धिमाया मगरले २० औं मिनेट र सीतामाया बलले ३७ औं मिनेटमा एक–एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गण्डकीकी सीतामाया प्लेयर अफ द म्याच घोषित भइन् ।

महिलाकै अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । मधेशका लागि ४२ औं मिनेटमा प्रीति दासले निर्णायक गोल गरिन् । उत्कृष्ट प्रदर्शन गरेकी प्रीति प्लेयर अफ द म्याच बनिन् ।

पुरुषतर्फ कोशीले बागमती प्रदेशलाई ७–० गोलले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो । कोशीबाट सुदीप चौधरीले सातौं, ३८ औं र ४८ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । लक्ष्मण समारियाले ३७ र ४४औं मिनेटमा दुई गोल गरे भने ५० र ५९ औं मिनेटमा कविराज सञ्जेलले दुई गोल थपे । उत्कृष्ट प्रदर्शन गरेका सुदीप चौधरी प्लेयर अफ द म्याच घोषित भए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile