काठमाडौँ- प्याब्सन काठमाडौंको आयोजनामा हुने यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले धुम्बराहीस्थित स्मार्ट होटलमा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरे । सोही अवसरमा सहभागी टिमको नाम, टिम लोगो, टिमका प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो ।

माघ २८ गतेदेखि तल्लो मूलपानी क्रिकेट मैदान हुने प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने छ । आयोजकको प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्स दुई समूहमा विभाजन भइ लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

टिम प्रायोजकमा मधेशको ट्रिटन मावि÷कलेज, बागमतीको साउथ वेस्टर्न स्टेट कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरी नगर कमिटी तथा काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) रहेको प्रतियोगिता निर्देशक खिमबहादुर थापाले जानकारी गराए ।

केन्द्रीय अध्यक्ष अधिकारीले पछिल्लो समय नेपालमा लोकप्रिय खेलका रुपमा स्थापित क्रिकेटको यो उमेरसमूहको प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताउदै क्रिकेटको विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट ५ लाख र भ्याली पब्लिक स्कुलबाट १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष अधिकारी भ्याली पब्लिकका संस्थापक एवं प्रिन्सिपल हुन् ।

आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासंगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताए । अध्यक्ष भट्टले यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने बताए ।

प्रतियोगिता संयोजक समेत रहेका आयोजक प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुनले सबै टिमको छनोट भइसकेको जानकारी गराउदै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले ५ लाख तथा केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपालप्रसाद आचार्य, सर्वनम शिक्षालय र पारामाउन्ट एकेडेमीका मुकुन्द पाण्डेले समान ५०–५० हजार उपलब्ध गराउने घोषणा गरे ।

एन्जल्स स्पोर्ट्स एकेडेमी, मनमैजुको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ । टी– २० फर्मेटमा हुने प्रतियोगिताको फाइनल फागुन ६ गते हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile