काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्दैछ।
समूह ‘सी’ अन्तर्गतको यो खेल मुम्बईको वाङ्खडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
खेलअघि मुम्बईको मौसम सफा रहने अनुमान गरिएको छ। बेलुकातिर डिउ पर्ने सम्भावना कम रहेको मौसम विभागले जनाएको छ, जसले खेल सञ्चालनमा कुनै अवरोध नआउने अपेक्षा गरिएको छ।
नेपालले यो विश्वकपमा बलियो टोलीविरुद्ध आत्मविश्वासका साथ सुरुवात गर्ने लक्ष्य लिएको छ।

