काठमाडौं -काठमाडौं जिल्ला अन्तर्गत सञ्चालन भइरहेको पुरुष पीएम कप जिल्ला छनोट प्रतियोगिता मा न्यु भिजन क्लबले नेक्सस क्रिकेट एकेडेमीमाथि संघर्षपूर्ण जित हात पारेको छ। टस जितेर पहिला ब्याटिङ गरेको न्यु भिजन क्लबले २७.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७८ रन बनायो।

न्यु भिजनका लागि बाबिन बोहोराले ४० रन, शार्दुल सुम भट्टाले ३७ रन तथा सुरज कामीले २८ रनको योगदान दिए। नेक्सस क्रिकेट एकेडेमीका बलरहरूतर्फ लक्ष्मण भुर्तेलले ४ विकेट हात पार्दा रितिक जैसवालले ३ विकेट लिए। १७९ रनको लक्ष्य पछ्याएको नेक्सस क्रिकेट एकेडेमी निर्धारित ओभरअघि नै ६ रनले खेल गुमाउन बाध्य भयो। नेक्ससका लागि प्रिन्स कुमार सिंहले अर्धशतकसहित ५२ रन बनाउँदै संघर्ष गरे।

न्यु भिजनका बलरहरूतर्फ रोमन बिष्टाले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र सोही कारण फ्राक्लिन प्लेयर अफ द म्याच घोषित भए। आज भएको अर्को खेलमा फोरेभर क्रिकेट ब्वाइज क्लबले डिभाइन क्रिकेट क्लबलाई १४७ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको फोरेभरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो, जसमा पंकजले ९९ बल खेल्दै १०२ रनको अविजित शतकीय पारी खेले। २४९ रनको लक्ष्य पछ्याएको डिभाइन क्रिकेट क्लब ३१.१ ओभरमा मात्र १४७ रनमा अलआउट भयो। फोरेभरका लागि जतिन थापाले ६ विकेट लिए भने पंकजले बलिङतर्फ पनि ३ विकेट चट्काए। पंकज प्रसाद पन्त खेलको फ्रक्लिन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्य्स्तै हिमालयन क्रिकेट एकेडेमीले चखन्डोल युवा क्लबमाथि ३६४ रनको विशाल जित हात पारेको छ। यस खेलमा दुईवटा व्यक्तिगत शतकहरू बने। हिमालयनका लागि अभिषेक बुढाऐरले १५२ रन र किरण दौल्यालले १४९ रनको विस्फोटक पारी खेलेपछि टोलीले ५० ओभरमा ७ विकेट गुमाएर ४२२ रनको विशाल योगफल तयार पारेको थियो। चखन्डोल युवा क्लब १९.३ ओभरमा ५८ रनमै अलआउट हुन पुग्यो। अभिषेक बुढाऐर खेलको फ्राक्लिन ‘प्लेयर अफ द म्याच’ चुनिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile