काठमाडौँ- नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्लुुटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् । डब्लुटीले युएईको फुजैराहमा सोमबार भएको वल्र्ड तेक्वान्दो गाला अवार्ड समारोहमा लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरिएको हो । नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षक रहेका लामाले नेपालका लागि अन्तर्राष्ट्रिय अफिसियलस्तरको १३ पदक दिलाएका छन् ।

लामाको प्रशिक्षणमा नेपालले पारालिम्पिकदेखि एसियाली पारा खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक जितेको छ ।

लामाले एनएसजेएफ पल्र्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक, नेपाल ओलिम्पक कमिटिबाट २०२२ एनओसी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड, राष्ट्रिय खेलकुद परिषद्बाट २०२४ पारा तेक्वान्दो उत्कृष्ट प्रशिक्षक अवार्ड, नेपाल तेक्वान्दो संघबाट २०२४ उत्कृष्ट प्रशिक्षक अवार्ड र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशबाट २०८२ उत्कृष्ट प्रशिक्षक अवार्ड समेत जितेका छन् ।
लामाले प्राप्त गरेको अवार्डले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको पहिचान अझ उच्च भएको र आगामी पुस्ताका खेलाडी तथा प्रशिक्षकलाई प्रेरणाका रुपमा समेत रहने नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile