काठमाडौँ- ह्वाइट हेभेन र सेब दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा ह्वाइट हेभेनले रिलायन्स पब्लिकलाई २८–२२ तथा सेबले जेबी स्कुललाई २७–२६ ले पराजित गरे । यि दुईको भेट प्रिक्वाटरफाइनलमा हुनेछ ।
अन्य प्रिक्वाटरफाइनल ग्रिनल्यान्ड र स्किब्स, भ्याली पब्लिक र राजन मेमोरियल, ज्ञान संस्कार र पारामाउन्ट एकेडेमी, ल्यान्डमार्क एकेडेमी र किङडम हिमालयन, ड्याफोडिल र काठमाडौं इङलिस स्कुल, न्युटन र ग्रिनफिल्ड तथा हिमशिला र जेबी स्कुलबीच हुनेछ ।
गल्र्समा भने क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्रिनल्यान्डले न्युटन, बागमतीले क्यान्भास बसन्त ऋतु, भ्याली पब्लिकले टीआईए र फेरिल्यान्डले काठमाडौं भ्याली विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

