काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा काठमाडौं जिल्ला प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सम्पन्न भएको छ ।

पुम्सेमा स्युचाटार तेक्वान्दो डोजाङ ५ स्वर्ण, ६ र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो । ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ जेसिस इन्टरनेसनल स्कुल दोश्रो तथा ३ स्वर्ण र १ कांस्यसाथ गोल्ढुंगा तेश्रो भए ।

गेरोगी किड्समा नयाँ बजार पहिलो भयो । नयाँ बजारले ४ स्वर्ण र १ रजत जित्यो । गोल्ढुंगा दोश्रो र केएमसी तेश्रो भए । गेरोगी चिल्ड्रेनमा ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै लैनचौर टिम प्रथम बन्यो । काभ्रेस्थली दोश्रो र नयाँ बजार तेश्रो स्थानमा रहे ।
गेरोगी क्याडेटमा पहिलो भएको ढल्कोले ५ स्वर्ण र १ रजत हात पा¥यो । लैनचौर दोश्रो र लायन मार्सल आर्ट्स तेश्रो बने ।

जुनियर गेरोगीमा काभ्रेस्थली ४ स्वर्ण र २ रजतसहित टिम च्याम्पियन बन्न सफल भयो । गोर्खाली दोश्रो तथा लायन तेश्रो भए ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।  

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile