काठमाडौँ- क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
पहिलो दिन लिग चरणका सम्पूर्ण २० खेल सम्पन्न भएसंगै प्रिक्वाटरफाइनल पुग्न सबै टोलीको टुंगो लागेको क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जानकारी गराइन् ।
नेक्सस इन्टरनेसनल स्कुल, प्रष्फुटन इन्टरनेसनल स्कुल, नोबल एकेडेमी, एआईए, गोल्डेनपिक, ग्यालेक्सी पब्लिक स्कुल, जगत मन्दिर, बेबीलन, आयोजक क्याम्ब्रिज, रिभेरा इन्टरनेसनल एकेडेमी, इपीएस स्कुल, न्यु अरुणोदय, एलिक्सर एकेडेमी, पिस प्वाइन्ट, गेटवे एकेडेमी र ज्ञानमालाले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिजकै हातामा भइरहेको प्रतियोगितामा २१ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

