काठमाडौँ- दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो ।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

‘नेपाली महिला फुटबल खेलको विकास, सशक्तिकरण र राष्ट्रिय पहिचान स्थापित गर्न विगत ८ वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अग्रपंक्ति खेलाडीका रुपमा अनुशासन, निरन्तर मेहनत र अतुलनीय योगदानसहित खेलप्रति पूर्ण समर्पित तपाईंले खेल मैदानमा देखाउनु भएको साहस, नेतृत्व र खेल भावना खेलकुद क्षेत्रमा मात्र नभइ सबैका लागि प्रेरणाको श्रोत बनेको छ । अतः खेलकुदलाई जित हार भन्दा माथि उठेर राष्ट्रको गौरव, एकता र आत्माविश्वासको प्रतीकको रुपमा चिनाउन सफल हुनु भएकोमा तपाईंको योगदानको उच्च कदर गर्दै र आगामी खेल जीवनको अझै उज्याले, सफल र प्रेरणादायी यात्राको शुभेच्छासहित हामी दि एक्सेल्सियर स्कुल परिवारको तर्फबाट सगौरव यो सम्मान पत्र प्रदान गरिएको छ ।’ रेखालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।


Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile