काठमाडौँ- गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी भइ नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।

अस्ट्रेलियाको गोल्ड कोस्टमा जनवरी १९ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट नेसनल स्कुलको टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवै टोली समूह चरणबाट बाहिरिए । दुवैले समान ५–५ खेल खेलेका अफिसियल सुमन तिमल्सिनाले जनाएका छन् । समृद्धिले यु–१५ तथा एन्जल्स हार्टले यु–१६ उमेरसमूहमा सहभागिता जनाएका थिए ।

समृद्धिका खेलाडीमा आरभ प्रजापति, सम्यकसिद्धि तुलाधर, परिवेश आचार्य, रमन आचार्य, प्रदेश तामाङ, मिङमार आकाश गुरुङ र समन महर्जन रहेका छन् । एन्जल्स हार्टका खेलाडीमा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्री छन् ।

टोलीलाई एन्जल्स हार्ट नेसनल स्कुलका निर्देश्क यमबहादुर छन्त्याल, प्रिन्सिपल टकबहादुर थापा, समृद्धिका निर्देशकद्वय दिपेन्द्र उप्रेती र आशुतोष रिमाल, भाइस प्रिन्सिपल विक्रम भारतीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile