काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।

विभिन्न १३ स्पर्धा समावेश प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक वडा ८ का अध्यक्ष आशामान संगतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

क्योरुगी जुनियर पुरुषमा ४५ केजीमुनि, ४८ केजीमुनि र ५१ केजीमुनि तथा महिलामा ४२ केजीमुनि र ४६  केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि र ६८ केजीमुनि तौलसमूहमा खेल हुनेछ । महिलातर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुिन तौलसमूहमा भिडन्त हुने प्रतियोगिता सह–संयोजक एवं आयोजक डोजाङका अध्यक्ष सुरेन्द्र डंगोलले बताए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
आयोजकका अुनसार विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियम अनुसार सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ५ लाख ८७ हजार रुपैयाँ रहेको छ । एकदिने प्रतियोगिताका खेल जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा खेलाइने छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile