काठमाडौँ- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । यो प्रतियोगितामा न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीलाई २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित ग¥यो । न्यु डायमन्डकी प्रगति नाथ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

राउन्ड लिगमा न्यु डायमन्डले नेपाल आर्मीलाई ३–०, एपीएफलाई ३–२ र प्रहरीलाई ३–२ ले हराको थियो । एक साताको अवधिमा न्यु डायमन्डको यो दोश्रो उपाधि हो । यसअघि न्यु डायमन्डले प्रहरीलाई नै पाखा लगाएर एनभीए भलिबलको उपाधि जितेको थियो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सुरुका ६ संस्करणको उपाधि विजेता एपीएफले तेश्रो स्थानमा चित्त बुझायो । एपीएफले आर्मीलाई २५–१३, २५–२३ र २५–१८ को सोझो सेटमा हरायो । एपीएफकी मिना सुनार ‘प्लेयर अफ द म्याच’ बनिन् ।
विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट चुनिइन् । प्रतिभाले हाइलाइफद्वारा प्रायोजित ५० हजार नगदसहित ट्रफी पाइन् ।
एपीएफकी मिना सुनार उत्कृष्ट सपाइकर, यसै प्रतियोगिताको उद्घाटनमा शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित न्यु डाइमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै प्रगति नाथ उत्कृष्ट सेटर, प्रहरीकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो, प्रहरीकी पुनम चन्द उत्कृष्ट सर्भर र न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक ठहरिए । उत्कृष्ट सबैले जनही २५ हजार नगद पुरस्कार पाए । बाराही होटल र सारङकोट माउन्टेन लजले उनीहरुलाई गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, केएनपी नेरोलेका कन्ट्री हेड मनोजकुमार मिश्र, एलआईसीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, मार्वल टेक्नोप्लास्टका प्रशासन प्रमुख दीपक चौलागाईं, एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक प्रतिष्ठानकी संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्का र उपाध्यक्ष सीता खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ४ टिम सहभागी थिए ।

एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका, सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन, राष्ट्रिय वाणिज्य बैंक, लेमन ट्रि र आईएमएस ग्रुपको पनि सहयोग रहेको   छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile