काठमाडौँ- भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ । अनन्त शिक्षा सदनका खेलाडीको पेटी परीक्षा कार्यक्रममा रेनुलाई सम्मान गरिएको हो ।

स्कुल कोओर्डिनेटर दिनेश न्यौपानेले रेनुलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सदस्य सरोज तामाङले जनाएका छन् ।

रेनुले दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन् । रेनु राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छिन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile