काठमाडौं । जगदीश चन्द्र जोशी (ज्याक) काड्रो खेलको नेपालका लागि आधिकारिक राष्ट्रिय राजदूतको रूपमा नियुक्त भएका छन् ।

ज्याक एक अन्तर्राष्ट्रिय स्ट्रीट वर्कआउट, क्यालिस्थेनिक्स च्याम्पियन, युवा नेता तथा स्ट्रीट संस्कृतिका सक्रिय प्रतिनिधि हुन् । यस भूमिकामार्फत उनले नेपालको स्ट्रीट संस्कृति, स्ट्रीट खेलकुद र युवा आन्दोलनलाई काड्रोको विश्व मञ्चमा प्रतिनिधित्व गर्नेछन । काड्रो इन्टरनेशनल अवार्ड कम्पिटिसन स्ट्रीट संस्कृति र स्ट्रीट खेलकुदको विकास र पहिचानको लागि समर्पित अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।

काड्रो बिश्वब्यापी स्ट्रीट आन्दोलनलाई प्रतिनिधित्व गर्ने १३ आधिकारिक दिशाहरु मार्फत काम गर्दछ। यसले भिडियो कन्टेस्ट ,शैक्षिक कार्यकम तथा ग्रान्ट अवसरहरु मार्फत विश्वभरका युवाप्रतिभा मार्फत एक ठाउमा ल्याउछ जसको यात्रा अन्तत रुसमा हुने ग्राण्ड फिनाले सम्म पुग्छ ।

यो नियुक्ति नेपालको लागि ऐतिहासिक उपलब्धि भएको र यसले नेपाली खेलाडी ,कलाकार,क्रियटर र युवाहरुलाई स्ट्रीट वर्कआउट, क्यालिस्थेनिक्स र स्ट्रीट खेलकुद मार्फत अन्तर्राष्ट्रिय रुपमा अघिबढ्न प्रतिष्पर्धा गर्न र गर्वका साथ् नेपाललाई विश्व मन्चमा प्रतिनिधित्व ढोका खोल्ने ज्याक जानकारी दिए । ज्याकले नेपाललाई छ पटक सम्म अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै दुईवटा स्वर्ण पदक हासिल गरिसकेका छन् ।

साथै नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत आयोजना गरिसक्नुभएका ज्याक कार्डोको ६१ औँ राजदूतको रुपमा नेपाललाई प्रतिनिधित्व गर्दैछन्। विभिन्न देशहरूबाट छनौट गरिएका उत्कृष्ट खेलाडीहरू समावेस फाइनल खेल २०२६ को अगस्ट १९ देखि २३ सम्म रसियाको (स्टाभ्रोपोल)मा हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile