काठमाडौँ- जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा सञ्चालन भइरहेको तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत सोमबार सम्पन्न यु–१८ फुटसल छात्रतर्फको फाइनलमा ब्लु वर्ड कलेजले रिब्सलाई ५–१ को
फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ।

यसअघि हिजै भएको सेमिफाइनलमा ब्लु वर्डले एआईटीएमलाई तथा रिब्सले जेम्स स्कुललाई पेनाल्टी सुट आउटमा
पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा जेम्स स्कुललाई ५–१ ले पराजित गरी
तेस्रो स्थान हासिल गर्‍यो।

व्यक्तिगत विधातर्फ जेम्स स्कुलका स्वयम् श्रेष्ठले सर्वाधिक गोलकर्ता बने भने ब्लु वर्ड कलेजका निशान विष्ट उत्कृष्ट
गोलरक्षक र सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

सोमवार नै भएको बास्केटबलको यु–१६ छात्रतर्फको सेमिफाइनलमा रातो बङ्गला स्कुलले मातृभूमि स्कुललाई ४८–२५
ले पराजित गर्‍यो भने अर्को खेलमा जेम्स स्कुलले एमआरआई स्कुलमाथि जित दर्ता गर्‍यो।

त्यस्तै यु–१८ छात्रा विधातर्फ गोल्डेनगेट इन्टरनेसनल कलेजले ब्लु वर्ड कलेजलाई ३१–२७ ले तथा जेम्स स्कुलले जेभियर
इन्टरनेसनल कलेजलाई ४०–१४ को फराकिलो अन्तरले पराजित गर्‍यो।

यु–१८ छात्र विधातर्फ मनासलु स्कुलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५०–४६ ले तथा अर्को सेमिफाइनलमा
 जेभियर इन्टरनेसनल कलेजले सेन्ट जेभियर्स स्कुललाई ७९–४९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile