काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिग छनोटको उपाधि नेपालगञ्ज ११ स्पोर्ट्स क्लबले जितेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबले सिन्धुपाल्चोकलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
३७औ मिनेटमा नेपालगञ्ज ११ स्पोर्ट्स क्लबका लागि सबिन राईले पहिलो गोल गरे। त्यसपछि दोस्रो हाफमा ६४औ मिनेटमा रोशेस श्रेष्ठले दोस्रो गोल थपे।
फाइनल प्रवेश गरेका दुवै टोलिले सी डिभिजन लिगमा बढुवा भइसकेका छन्।
सेमिफाइनलमा सिन्धुपाल्चोकले शिव शक्ति युवा क्लबलाई ४-२ गोलले हराएपछि छनोट भएको थियो । त्यस्तै मसुरिया फुटबल एकाडेमिविरुद्ध १-० गोलको जित निकाल्दै नेपालगञ्जपनि छनोट भएको हो।
नेपालगन्ज समूह ‘ए’ बाट फाइनलसम्म पुगेको हो भने सिन्धुपाल्चोक समूह ‘जे’ मा रहेको थियो।

