काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिपमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्न लागेका दुई नेपाली खेलाडीलाई आज औपचारिक रूपमा बिदाइ गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाल लाई उत्कृष्ट प्रदर्शनका लागि सफलता तथा शुभकामना प्रदान गरिन्। नेपालका खेलाडी पहिलोपटक सहभागी हुन लागेको यो च्याम्पियनसिप यापिड र ब्लिट्ज दुबै क्याटागोरीमा हुनेछ।

यस वर्षको प्रतियोगिता डिसेम्बर २५ देखि ३१ तारिखसम्म दोहा, कतारमा आयोजना हुँदैछ। नेपालका प्रतिनिधि खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप छोड्ने विश्वास प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile