काठमाडौं। रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित ग¥यो । रेडियन्टका सुप्रित लामिछाने र सुगम राना मगरले समान १६ स्कोर गरे ।
सुरुका २ क्वाटरमा रेडियन्टले १४–११ र ९–४ को अग्रता लिएको थियो । तेश्रोमा रेडियन्ट १४–१७ ले पछि प¥यो । चौथोमा रेडियन्टले १९–११ को अग्रता बनाउदै जित सुनिश्चित ग¥यो ।

जिल्ला प्याब्सन, काठमाडौंको आयोजना तथा नगर प्याब्सन, तार्केश्वरको संयोजनमा भएको प्रतियोगितामा केभीसी तेश्रो भयो । केभीसीले टीआईएलाई २८–११ ले हरायो । केभीसीका लागि समर्पण नगरकोटीले ११ अंक जोडे । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

रेडियन्टका अमोसन मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ६० स्कोर गरेका न्युटनका उज्ज्वल श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपाल आचार्य, जिल्ला प्याब्सन, काठमाडौंका अध्यक्ष नवराज भट्ट, जिल्ला प्याब्सन, काठमाडौंका उपाध्यक्ष एवं इसीए विभाग प्रमुख धनबहादुर पुन, नगर प्याब्सन, तार्केश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ३६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । लालीगुराँससंगै प्रतियोगिताका खेलहरु एन्जल्स हार्ट र हिमरिश्म स्कुलमा पनि खेलाइएको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile