काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत २२ औं खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन्। खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।

दुवै टोलीले प्रतियोगिताको आफ्नो छैटौँ खेल खेल्दैछन्। विराटनगर किंग्सले पाँचमध्ये चार खेलमा शानदार जित दर्ता गरेको छ भने एक खेलमा मात्र हार बेहोरेको छ। ८ अंकका साथ विराटनगर हाल अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।

लुम्बिनी लायन्सले पाँचमध्ये दुई खेलमा मात्र जित निकाल्दै ४ अंक जोडेको छ। अंकतालिकामा लुम्बिनी छैटौँ स्थानमा रहेकोछ। आजको खेल लुम्बिनीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ, किनकि प्लेअफ सम्भावना जोगाइराख्न उनले जितको विकल्प छैन।

विराटनगरले आज लुम्बिनीलाई पराजित गर्न सके प्लेअफ समीकरणमा आफ्नो स्थानलाई अझ मजबुत बनाउनेछ। मार्की खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर उत्कृष्ट लयमा देखिएको छ।

आजको भिडन्त त्यसैले प्लेअफ मार्ग स्पष्ट पार्ने निर्णायक खेलका रूपमा हेरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile