काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)द्वारा संयुक्तरुपमा रुपमा हुन लागेको परियोजनाको दोस्रो चरणको प्रगतिबारे बुझ्नका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहिबार हेल्थ कन्सर्नका प्रतिनिधिसँग भेटघाट गरेको छ खेलकुदमार्फत् स्वास्थ्य प्रवर्धन गर्नु सो परियोजनाको उद्देश्य हो ।

एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा सचिव रमेश सिवाकोटीले हेल्थ कन्र्सनका प्रोग्राम म्यानेजर राजेन्द्र थापा तथा एड्मिन–फिनान्स अफिसर ममता पौडेलसँग सो परियोजना कार्यान्वयका लागि योजना र समन्यवबारेमा छलफल गर्नुभएको थियो । यसअघि एनओसीले स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग पहिलो चरणको काम र प्रगतिबारे पनि समीक्षा गरेको थियो ।

खेलकुद र स्वास्थ्य परियोजनाको समन्वयका लागि एनओसीसँगको सहकार्यमा पाथलाई जिम्मेवारी दिइएको हो । हेल्थ कन्सर्नले यससम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गरिरहेको छ । हेल्थ कन्सर्न बोलकबोल प्रक्रियामार्फत् यो परियोजनामा काम गर्न चयन भएको थियो । यो परियोजनालाई आइओसी र डब्ल्यूएनओको आर्थिक सहयोग रहेको छ ।

नेपालमा बागमती प्रदेशको खेलकुद तथा स्वास्थ्य मन्त्रालयले चार जल्ला चितवन, ललितपुर, मकवानुर र नुवकोटलाई यो परियोजनाका लागि चयन गरेको हो ।

यआइओसी र डब्ल्यूएचओले पहिलो चरणमा नेपाललागतय भियतनाम, पेरु, तान्जानिया र घाना गरी पाँच देशलाई यो परियोजना प्रदान गरेको थियो । आइओसीले दोस्रो चरणमा नेपाल पुनः चयन गरेको हो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile