काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटमा शनिवार जारि दोस्रो खेलको पहिलो इनिङ्गसमा काठमाडौँ गोर्खाजले विराटनगर किंग्सलाई जीतका लागि सामान्य रनको लक्ष्य दिएको छ।

टियु क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३४ रन बनाएको हो।

काठमाडौँको लागि बेन चार्सवर्डले ३२ रन बनाउँदा सन्तोष यादवले २६ रन बनाए। आदिल आलमले सर्वाधिक ४८ रनको योगदान दिए।

विराटनगरको लागि दे लांगेले २ विकेट लिदा सुर्य तामाङ्ग, सुभम राज्ने र सन्दपि लामिछानेले समान १ विकेट लिए।

काठमाडौँ गोर्खाजले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ।

विराटनगर किंग्स भने आफ्नो दोस्रो खेल खेल्दैछ र पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै बलियो सुरुआत गरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile