नेपाल बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

खेलाडीमा श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेश बासु, विक्रम पुरी, नवीन महर्जन, कपिल सापकोटा, सरोज कपाली, रोहन डंगोल, सन्दिप राई, गणेश बानियाँ, रोशन बम्जन, नवीनबहादुर मगर, प्रमेश चौधरी, सुरज राना मगर, पुजन फेवाली, मिलन थापा, शेरबहादुर वली, सञ्जय अधिकारी, मोहम्मद इसाद हुसैन, अनिल माझी, अनिश श्रेष्ठ, विष्णु खड्का, रमितबहादुर माल, निरोज कार्की, दिपेन्द्र चौधरी र मशेस सुनार रहेका छन् । नेपालले मंसिर ७ गते २ वटा रग्बी सेभेन्स र मंसिर ८ गते १ वटा रग्बी फिफ्टिन्सका खेल हुनेछ ।

प्रशिक्षकमा कृष्ण थापा र विनोद तामाङ, व्यवस्थापकमा गोपाल क्षेत्री तथा फिजियोमा देवन थापा छन् । यो सिरिज भदौ २९ देखि ३१ गते नेपालमा हुन तय भएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनका कारण स्थगित भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरेलगायतले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile