काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दुई खेलमा विराटनगर किंग्स र चितवन राइनोज दुवैले विजयी सुरुआत गरेका छन्।

विराटनगर किंग्सको प्रभावशाली जित

पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै उत्कृष्ट सुरुआत गर्यो।
२२० रनको विशाल लक्ष्य दिएको विराटनगरकाे प्रत्युत्तरमा पोखरा एभेन्जर्स १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। पोखराका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। विराटनगरका लागि लोकेश बमले ७२ रन तथा मार्टिन गप्टिलले ६१ रनको महत्वपूर्ण योगदान दिए।

चितवन राइनोजको ४ विकेटको जित

दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै विजयी बनेको छ।
१६७ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन पूरा गर्यो र प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile